काठमाडौं- मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा पक्राउ परेका रामबाबु राय यादव पुर्पक्षका लागि जेल चलान भएका छन्।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले शुक्रबार सर्लाहीका यादवलाई पुर्पक्षमा पठाउन आदेश जारी गरेको हो।
मुद्दामा पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, अधिवक्ता मुकेश कार्की र सरकारी वकिल कार्यालय जनकपुरका वकिलहरुले बहस गरेका थिए।
गत वर्ष सर्लाही जिल्ला अदालतबाट १५ लाख धरौटीमा रिहा गर्ने निर्णय बदर गर्दै यस्तो आदेश भएको हो।
प्रहरीले यादवलाई मिटरब्याज अभियोगमा २०७६ पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो। जिल्ला अदलत सर्लाहीले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी नबुझाएपछि उनलाई माघ २७ गते सुनसरीको झुम्का कारागार चलान गरिएको थियो। केही दिन कारागार बसेपछि यादवले फागुन २ गते धरौटी बुझाएर रिहा भएलगत्तै सीआइबीले पक्राउ गरेको थियो।
सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।