काठमाडौं- तालिबान सरकारले पाकिस्तानका लागि नयाँ कार्यवाहक राजदूत नियुक्त गरेको छ।
अफगानिस्तानको निजी टेलिभिजन च्यानल एरियाना न्यूजका अनुसार बिहीबार विदेश मन्त्रालयले मोहम्मद शोकेबलाई कार्यवाहक राजदूतमा नियुक्त गरेको हो।
जुलाईमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएको केही समयअघि राजदूतकी छोरीलाई अपहरण गरेपछि सरकारले पाकिस्तानबाट आफ्ना राजदूत फिर्ता गरेको थियो।
उक्त खाली रहेको पदमा तालिबान सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले इस्लामावादस्थित दूतावासका प्रथम सचिव शोकेबलाई कार्यवाहक नियुक्त गर्न मानव संसाधन विभागलाई आदेश दिएका छन्।
यसबाहेक पाकिस्तानका विभिन्न सहरमा रहेका थप चारवटा कूटनीतिक नियोगका लागि अधिकारी नियुक्त गरिएको छ।
तालिबानले कराँची, क्वेटा र पेशावरका कूटनीतिक नियोगहरूमा नयाँ अधिकारीहरू पठाएको अफगानिस्तानका पूर्वराजदूतले बताएका छन्।
पाकिस्तानले आधिकारिक रूपमा तालिबान सरकारलाई मान्यता दिएको छैन। त्यसैले मोहम्मद शोकेबलाई राजदूतको औपचारिक पद दिइने छैन। यद्यपि, उनले दूतावासमा हेरचाहकर्ताको रूपमा कार्यहरू गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।