काठमाडौं- प्रहरीले चाँदीका गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले बिहीबार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-१ का रामबाबु साह सोनारलाई पक्राउ गरेको हो।
भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना प्राप्तको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर २२ एसी ४०९९ नम्बरको पल्सर मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले बोकेको रातो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ केजी ०४५ ग्राम फेला परेको छ।
उनलाई उक्त चाँदीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।