• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१५ वर्षपछि राजेन्द्र पाण्डेलाई पछ्याएको राजकीय पद, कसरी पार लगाउलान् चुनौती?

64x64
वीरेन्द्र ओली बिहीबार, कात्तिक ११, २०७८  १६:४१
1140x725

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाँच दलीय गठबन्धनबाट पाण्डे मुख्यमन्त्री बनेका हुन्। उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रदेश सभाको निर्वाचनमा पहिलो दल बनेको तत्कालीन एमालेमा अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल र पाण्डे तीन जना मुख्यमन्त्रीका दाबेदार थिए। तर, अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओलीलेले पौडेललाई मुख्यमन्त्री बनाए।

पौडेल मुख्यमन्त्री बनाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका शाक्य र पाण्डे पाखा लागेका थिए। त्यसपछि शाक्य र पाण्डे सरकारमा समेत सहभागी नभई बाहिरै बसेका थिए। तर, झण्डै ३ वर्ष ९ महिनाको अन्तरालपछि पाण्डेले मुख्यमन्त्रीको बागडोर समाल्ने अवसर जुरेको छ। 

गठबन्धन दलहरूबीचको सहमति अनुसार पाण्डेले कम्तीमा सात महिना मुख्यमन्त्रीको पद सम्हाल्ने छन्। त्यसपछि बाँकी अवधि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेतृत्व गर्ने छन्। तर, पाण्डेले आफू प्रदेश सभाको बाँकी पूरै कार्यकाल मुख्यमन्त्री रहने दाबी गरेका छन्। 

छोटो अवधिमा धेरै काम गरेर स्थापित हुन पाण्डेलाई निकै चुनौतिपूर्ण हुने गठबन्धनकै नेताहरु बताउँछन्। 

उमेरले ६५ वर्ष पुगेका पाण्डेले पहिलो मुख्यमन्त्री डोरमणि पौडेल भन्दा कम उमेरमा मुख्यमन्त्री हुने अवसर पाएका हुन्। पूर्व मुख्यमन्त्री पौडेलले उत्कृष्ट कार्यसम्पादन गर्न नसकेपनि विवादित काम खासै गरेनन्। 

यद्यपि, निर्वतमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य जस्तो छबि भने पाण्डेको छैन। उनको शिक्षासँगै मेडिकल क्षेत्रमा लगानी भएकाले समय समयमा विवादमा पनि मुछिँदै आएका छन्। यस्तो छबिलाई जोगाएर सरकार र नयाँ पार्टीलाई स्थापित गर्नेगरी काम गर्न पाण्डेलाई दबाब छ।

प्रदेश सभामा रहेका १०९ जनामध्ये पाण्डेलाई ५९ जना सांसदको समर्थन छ। जसमा उनको दल एकीकृत समाजवादीका १३ जना, माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एक स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा सहभागी चार दललाई कसरी मिलाएर लैजान्छन् भन्ने मुख्य चुनौती रहेको विवेकशील साझा पार्टीका सांसद रमेश पौडेल बताउँछन्। 

Ncell 2
Ncell 2

यसअघि नेकपाको एकल सरकार भएकाले सात मन्त्रालय मात्रै बनाएर पौडेलले सरकार सञ्चालन गरेका थिए। नेकपा विभाजनसँगै एमालेबाट शाक्य मुख्यमन्त्री भएलगत्तै मन्त्रालय फुटाएर सातबाट आठ पुर्‍याएकी थिइन्। उनी मुख्यमन्त्री बनेकै दिन एमाले पनि विभाजित भएको थियो। 

‘शाक्य मुख्यमन्त्री भएपछि सामाजिक विकास मन्त्रालय फुटाएर अर्को मन्त्रालय बनाएकी थिइन्। अब गठबन्धन सरकार भएपछि मन्त्रीका आकांक्षी धेरै छन्। यस्तो अवस्थामा गठबन्धन दललाई मिलाएर कसरी सुशासन दिन सक्लान्?’, पौडेलले भने, ‘अहिले भएका मन्त्रीलाई कार्यबोझ भयो त्यसैले मन्त्रालय फुटाइयो भन्ने पुष्टि हुनुपर्‍यो । त्यो हुन सकेको छैन। मन्त्रालय फुटाउने जुन परिपाटी छ त्यो चुनौतीलाई कसरी व्यवस्थापन गर्छन् भन्ने हेरिरहेका छौं।’ 

सातै, प्रदेशमा गठबन्धनमा सहभागी सांसदलाई चित्त बुझाउने नाममा मन्त्रालय फुटाउँदै लगिएको छ। 

नागरिकलाई महशुस हुनेगरी काम हुन नसकेको बताउँदै पौडेलले त्यसमा मुख्यमन्त्री पाण्डेले काम गरेर देखाउनु पर्ने बाध्यता रहेको बताए। हेटाैँडालाई स्थायी राजधानी बनाएपनि प्रदेश सभा भवन समेत बन्न सकेको छैन। अन्य भौतिक संरचना पनि तत्काल बनाउनुपर्ने अवस्था छ। 

मुख्यमन्त्री पाण्डेले योजनावद्ध विकास निर्माणको खाका तयार गरेर काम अघि बढाउनु पर्ने सांसद पौडेलको सुझाव छ। तर, सात महिना मात्र मुख्यमन्त्री बने भने उनले आफ्नो कार्यकालमा बजेट ल्याउन पाउने छैनन्। 

ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाण्डेका लागि तुलनात्मक रूपमा विकसित बागमती प्रदेशको  विकासको  खाका कोर्ने जिम्मेवारी थप चुनाैतीपूर्ण हुनेछ।

राजनीतिक उताचढाव
पाण्डे यसअघि एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपनि नवगठित एकीकृत समाजवादीको उपाध्यक्ष  बनेका छन्।  

२०४८, २०५१, २०५६ र २०७०  मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको  सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए। त्यसपछि १५ वर्षपछि मात्र उनी राजकीय पदमा पुगेका छन्। 

विद्यालय तह पढ्दादेखि नै कम्युनिस्ट राजनीतिमा जोडिएका पाण्डेले छोटो समय अध्यापन पनि गरेका थिए। उनी पञ्चायतकालमा जनपक्षीय उम्मेदवारको रुपमा समेत निर्वाचित भएका थिए।

जिल्ला विकास समिति धादिङको सभापति भइसकेका पाण्डे पञ्चायतकालमा राजतन्त्रविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ परेका थिए। उनले पटक–पटक गरी करिब ६ वर्ष जेल जीवन बिताएको छोरा प्रकाश पाण्डेले बताए। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका हुन् मंगलबार, फागुन १२, २०८२
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा उल्लेख गरेका छन् । सोमबार, फागुन ११, २०८२
ताजा समाचारसबै
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
बढ्यो सुनको मूल्य मंगलबार, फागुन १२, २०८२
वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली मंगलबार, फागुन १२, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्