प्रतिकात्मक तस्बिर
काठमाडौं– ललितपुरमा एक पुरुषले आफ्नी श्रीमतीको जिउमा आगो लगाएका छन्।
ललितपुरको गोदाबरी नगरपालिका–१३ का राजु देशारले श्रीमती २७ वर्षीया मुना देशारको जिउमा मट्टितेल छर्केर आगो लगाएका हुन्।
श्रीमान्ले आगो लगाएर घाइते भएकी मुनालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनका अनुसार श्रीमतीको जिउमा आगो लगाउने देशार पक्राउ परेका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको एसपी महर्जनको भनाइ छ।
प्रहरीका अनुसार देसार दम्पत्ति इटाभट्टामा काम गर्दै आएका थिए। दुवै जनाले मदिरा सेवन गरेर विवाद भएपछि राजुले श्रीमतीको जिउमा मट्टितेल छर्केर आगो लगाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।