काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन्।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठलाई दिइएको हो।
सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गरे।
सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उहाँहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।