काठमाडौं– बामपन्थी दलहरु एक ठाउँमा आएसँगै नेपाली काँग्रेसले पनि लोकतान्त्रिक एकताको पहल शुरु गरेको छ। चुनावी एकताका काँग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम थालेको छ।
काँग्रेस नेता महेश आचार्यका अनुसार आज लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादार, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर, राजपाका नेता शिर्षस्थ नेता र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग छलफल गर्ने तयारी गरेको छ।
गच्छादार, राप्रपाका अध्यक्ष कमल थापा र फोरमका यादवसँग पहिलो चरणमा हिजै कुराकानि भएको पनि उनले जानकारी दिए । उनले भने, ‘छलफलको सुरुवात हिजै भइसकेको छ । आज पुन थप कुराकानी गर्नै तयारी भयरहेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।