काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठक सकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतमा देखिएको विवादका विषयमा छलफल गर्न मंगलबार दिउँसो बार सल्लाहकार समितिको बैठक बसेको थियो।
बारको सल्लाहकार समिति बैठकमा पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारी सहभागी थिए। बैठकले गरेका निर्णयबारे जानकारी आइसकेको छैन। बारले कुनै समस्याको बारेमा निर्णय गर्नुपरेमा सल्लाहकार समितिको बैठक बोलाउने परम्परा रहेको छ।
यसअघि बारले प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ। बारको सोमबार बसेको पदाधिकारी बैठकमा राय राख्ने सबै पदाधिकारीहरुले राणाकै कारण विवाद भएकाले उनले नै निकास दिनुपर्ने राय राखेका थिए।
बैठकमा राणाको राजीनामा दिनुपर्ने भन्ने शब्द राख्ने कि नराख्ने भन्नेमा एकमत नभएपछि मंगलबार सल्लाहकार समितिको बैठक बोलाइएको थियो। सल्लाहकार समितिको बैठक सकिएसँगै बारको पदाधिकारी बैठक सुरु भएको छ। बैठकले इजलास बहिष्कारको निर्णय गर्न सक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।