काठमाडौं– खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हस्पिटल चोकबाट पाँच जुवाडे पक्राउ परेका छन्। स्थानीय हरि जोशीको घरबाट तास तथा नगद सहित ५ जना जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका–५ का २७ बर्षीय हीराधन राई, साकेला गाउँपालिका–२ का २२ वर्षीय सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ वर्षीय खोमबहादुर मगर रहेका छन्।
सोमबार राति १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा तास तथा नगद ७१ हजार २० रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।