काठमाडौं– दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोटको पन्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ का २० वर्षीय दावा घले र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी छन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चाबहिलस्थित सत्कार क्याफेबाट आइतबार पक्राउ गरेको हो। रेडपाण्डाको छाला बिक्रिवितरण हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट रेडपाण्डाको एक थान छाला बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।