गौर– रौतहटको बागमती खोलामा बेवारिसे अवस्थामा १ जना पुरुषको शव फेला परेको छ।
राजदेवी नगरपालिका–४ अन्तर्गत पर्ने बागमती खोलामा तैरिरहेको अवस्थामा अन्दाजी ५० देखि ५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
सोमबार बिहान शव फेला परेपनि मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थल तथा लास जाँच मुचुल्का समेतको कार्य पूरा गरी लास पोस्टमार्टमको लागी गौर अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।