काठमाडौं–केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ११ अफगानी नागरिकलाई सिनामंगलको एक होटलबाट पक्राउ गरेको छ।
सीआइबीका निर्देशक तथा डिआइजी धीरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये ६ जनासँग भारतीय आधारकार्ड पनि फेला परेको छ।
ती आधारकार्डहरु नक्कली भएको पाइएको डिआइजी सिंहले बताए।
सिनामंगलमा एक होटलमा बसेको भन्ने सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये ३ महिला र ८ पुरुष रहेका छन्।
अफागानीस्तानमा तालिवानले सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको हुनसक्ने सीआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।