१) प्रधानन्यायाधीश राणाले भोलिका लागि बोलाए फुलकोर्ट, गल्ती भएका ठाउँमा माफी माग्ने भनाइ, सर्वोच्चका १४ प्रधानन्यायाधीशद्वारा फुलकोर्ट बहिष्कार (विवादको भूमरीमा न्यायालय)
२) बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धानबाली नष्ट, सबै भन्दा बढी लुम्बिनी प्रदेशमा ६१ हजार २२३ मेट्रिक टन धान क्षति, ४ अर्ब ५१ करोडको नोक्सानी । (वर्षातले निम्त्यायो विपत्ति)
३) रौतहट बमकाण्डका अभियुक्त आलमको मुद्दा १ वर्षदेखि सर्वोच्चमा, २२ न्यायाधीशको इजलासमा पेसी पर्यो, तर एक पटक पनि हुन सकेन सुनुवाइ । (आलमको मुद्दामा अलमल)
४) अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको लागूऔषध तस्कर कोलम्बियामा पक्राउ, यो शताब्दीमा लागूऔषध तस्करीविरुद्ध सबैभन्दा ठूलो सफलता भएको कोलम्बियाका राष्ट्रपतिको दाबी । (टाउकोको मूल्य तोकिएका लागूऔषध तस्कर पक्राउ)
५) र, एएफसी यू–२३ एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको मुख्य प्रशिक्षक महर्जनको प्रतिक्रिया, समूह चरणको पहिलो खेलमा सोमबार नेपालले इरानसँग प्रतिस्पर्धा गर्दै । (आत्मविश्वासमा नेपाली टिम)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।