• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

दुई दशकदेखि जो विनातलब देशका लागि बास्केटबल खेलिरहेछन्

64x64
दीप सुवेदी आइतबार, कात्तिक ७, २०७८  २०:४२
1140x725

काठमाडौं- लामो समय राष्ट्रिय महिला बास्केटबल टोलीको कप्तानी सम्हालेकी खेलाडी हुन्, सदीना श्रेष्ठ। विगत ९ वर्षदेखि उनी राष्ट्रिय बास्केटबल टिमको कप्तान छिन्।

उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको नै १९ वर्ष पूरा भइसकेको छ। उनकै नेतृत्वमा नेपालले दुई वर्षअघि काठमाडौं, पोखरा र जनकपुरमा संयुक्तरुपमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत पदक जितेको थियो।

सागमा पहिलोपल्ट समावेश महिला बास्केटबलमा रजत जित्नु चानचुने उपलब्धि पक्कै थिएन। नेपालमा महिला बास्केटबलको उदय भएको छोटो अवधिमै नेपाली चेलीले चुमेको यो उपलब्धि वास्तवमै प्रशंसनीय थियो। आफ्नो कप्तानीमा नेपाललाई यति ठूलो उपलब्धि दिलाएकी सदीना अहिले नेपालमा चलिरहेको फुटबल खेलाडीको तलब विवादलाई लिएर चकित छिन्।

करिब दुई दशक नेपाली बास्केटबलमा बिताएकी ३१ वर्षीया सदीनालाई राष्ट्रिय खेलाडी भएबापत् तलब पाइन्छ भन्ने हेक्का अहिलेसम्म थिएन। गत बिहीबार एउटा टेलिभिजन कार्यक्रममा नेपाली फुटबल खेलाडीले खेलेबापत् मासिक १८ हजार पाउँछन् भन्ने सुन्दा उनी अचम्म परिन्। उनको मन कुँडियो। उनी उल्टै प्रतिप्रश्न गर्दै थिइन्, ‘तलब! राष्ट्रिय टोलीबाट खेल खेलेर पनि तलब पाइन्छ र?’

उनी यसरी आश्चर्यमा पर्नु अस्वाभाविक थिएन। किनभने नेपाली महिला बास्केटबल टोलीले यति धेरै खेल खेलिसक्दा पनि खेलाडीहरुले तलबको मुख देख्न पाएका छैनन्।

खेलाडीले पाउने तलब के हो? र यो कसरी पाइन्छ? कसले दिन्छ? सदीनालाई थाहा छैन।

२८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीले तलबस्वरुप मासिक १८ हजार बुझ्छन् भनेको टेलिभिजनबाट सुन्दा उनीसँगै कार्यक्रम हेरिरहेको उनको परिवार पनि अचम्ममा पर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई खेल्दा संघले तलब दिन्छ भन्ने यसभन्दा अगाडि थाहा थिएन। जब टेलिभिजनमा तलबको कुरा उठ्यो अनि मात्र थाहा पाएँ, खेल्दा पनि तलब पाइने रहेछ,’ उनी भन्छिन्, ‘केही संघले तलब भनेर धेरथोर दिने त रहेछ। हामीले त अहिलेसम्म तलब कस्तो हुन्छ, मुख पनि देख्न पाएका छैनौं।’

 

उनले तलबको नाममा अहिलेसम्म संघबाट २६/२७ सय र केही प्रतियोगितामा एक/दुई थान जर्सी पाएको बताइन्।

‘हामीले पाउने भनेको भत्तामात्र हो। त्यो नि प्रतिखेल हेरेर दिइन्छ। मसँग तपाईंको जवाफको यकीन उत्तर छैन। हामीले कति पाउनुपर्ने हो, संघले कति दिनुपर्ने हो थाहा छैन। तर जे पाउँथ्यौं, त्यसैमा चित्त बुझाउँथ्यौं,’ उनी भन्छिन्।

Xtrem

Xtrem

ललितपुर, पुल्चोककी रैथाने सदीना सुरुमा फुटबल खेल्थिन्। त्यतिबेला महिला फुटबलमा बढी राजनीति थियो। त्यसैले उनी बास्केटबलतर्फ मोडिइन्। उनले बास्केटबल रोज्दा परिवारले पनि कुनै रोकतोक गरेन। उनको परिवार मूलतः महिला फुटबल खेलाडीले भरिएको परिवार हो।

भर्खरै बामे सर्दै गरेको बास्केटबलमा लाग्दा सुरुमा उनको परिवारले पनि सोचेको थिएन, सदीनाले बास्केटबलमा नयाँ उचाईं चुम्ने छिन् भनेर। तर, आफ्नो कप्तानीमा राष्ट्रलाई रजत पदक दिलाएपछि घरमा उनको कद बढेको छ।

तर, उनी आफूले कमाएको त्यो नामले मात्र नपुग्ने बताउँछिन्। ‘हो, बास्केटबलले मलाई सदीना भनेर चिनाएको छ। तर, यतिले मात्र पुग्दैन नि। राज्यले नाम दिएको छ। तर, दिनुपर्ने कुरा (कोर्ट र सेवासुविधा) दिएको भए, अझ बढी गर्न सक्थ्यौं,’ उनी भन्छिन्।

बास्केटबलको यही अवस्था बुझेर स्नेहा श्रेष्ठ, लुलिना सिंह, सुजाता राई र ज्ञानु गौचनजस्ता प्रतिभावान साथी पढ्ने बाहनामा विदेशिएको उनको भनाइ छ।

साफ प्रतियोगितामा यति ठूलो उपलब्धि दिलाएको बास्केटबल खेल्न अहिले संघकै आफ्नो कोर्ट छैन। कलेज-कलेज चहारेर प्रशिक्षण गर्नुपर्ने अवस्था छ। भुइँचालोका कारण त्रिपुरेश्वरस्थित इन्डोर हल जीर्ण बनेपछि राष्ट्रिय खेलाडीलाई अभ्यास गर्न निकै कठिन बनेको थियो। साग प्रतियोगिता खेल्दा पनि राम्रोसँग प्रशिक्षण गर्ने मौका नपाएको नेपाली टोलीले रजत जितेर नेपाली महिला बास्केटबलको भविष्य रहेको प्रमाणित गरेको थियो।

‘टिम वर्कका कारण हामीले यो उपलब्धि हात पारेका हौं। ठेलमठेल कोर्टमा दिनभरि उभिएर बस्थ्यौं, अनि बेलुका फर्किन्थ्यौं,’ उनी भन्छिन्।

यसभन्दा अगाडि बास्केटबलको अवस्था यस्तो थिएन। टेण्डी शेर्पा बास्केटबल संघको अध्यक्ष हुँदा संघका खेलाडीहरुको शान नै बेग्लै थियो। उनी नेतृत्वमा रहँदा नेपाली बास्केटबल खेलाडीले स्वदेशमा मात्र होइन, विदेशमा पनि स्तरीय ट्रेनिङ गर्ने मौका पाएका थिए। फुटबल खेलाडीलाई जस्तै बास्केटबल खेलाडीलाई पनि नियमित मासिक तलब दिने योजना शेर्पाको पनि थियो। तर, चार वर्षअघि टाउकोको समस्याले ग्रस्त हुँदा उनी बास्केटबलमा फर्कन सकेका छैनन् भने संघ लथालिङ्‍ग अवस्थामा छ।

उनको अनुपस्थितिमा संघको नेतृत्व गरिरहेका अन्य पदाधिकारीले उनीजस्तै प्रभावकारी काम गर्न नसक्दा बास्केटबलको अवस्था दयनीय बनेको छ।

‘तलबको कुरा छोडिदिनुस्, सागपछि हामीले कुनै प्रतियोगिता खेल्न पाएका छैनौं। उहाँ त बिरामी हुनुहुन्छ। संघमा अन्य व्यक्ति छन्। तर, उहाँ जतिको काम भइरहेको छैन,’ सदीना भन्छिन्। 

उनी राष्ट्रियस्तरको प्रतियोगिता मात्र होइन, क्लबको अवस्था पनि प्रभावकारी नहुँदा खेलाडीलाई निकै गाह्रो परेको बताउँछिन्। ‘फुटबलमा कम्तिमा क्लबले त खेलाडीलाई पालिरहेको छ। हामीसँग त त्यो पनि छैन,’ उनी भन्छिन्, ‘अहिले जति पनि खेलाडी बास्केटबल खेलिरहेका छन्, उनीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा हामीले पाएको सफलताले गर्दा मात्र आकर्षित भएको हो जस्तो लाग्छ।’

तर, यो आकर्षण कहिलेसम्म रहने हो, त्यो उनलाई पनि थाहा छैन। त्यसैले उनी संघलाई फुटबलजस्तै सक्रिय रहन सुझाव दिन्छिन्। ‘हामीले केही मागेका छैनौँ र माग्दैनौँ पनि। तर, संघले कम्तीमा खेल्ने वातावरण त बनाउनुपर्छ,’ संघप्रति उनको आग्रह छ।

 तस्बिर/भिडियो: निमेषजंग राई

 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्