काठमाडौं– संरक्षित वन्यजन्तु गैँडाको खागसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका–६ घर भइ स्वयम्भू बस्दै आएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका–१ भर भइ तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने २८ वर्षीय दीपक गोतामे छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई खागसहित गैरीगाउँबाट गत शुक्रबार पक्राउ गरेको हो।
खाग बेचबिखन हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुबाट एक थान गैंडाको खाग बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।