काठमाडौं- संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् मध्य अफ्रिकी गणतन्त्र पुगेका नेपाली सैनिकले त्यहाँ रहेको एउटा विद्यालय पुनर्निर्माण गरिदिएका छन्।
मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली सेनाको रणशेर गण, सातौं डप्फाले त्यहाँस्थित राष्ट्रसंघीय मिसनसँगको सहकार्यमा एटोंगो इलाकामा रहेको विद्यालय पुनर्निर्माण गरेर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले पुनर्निर्माण गरिएको विद्यालय स्थानीय अधिकारीहरुलाई हस्तान्तरण गरेको छ। निर्देशनालयले नेपाली सैनिकहरुले गरिरहेका जनहितका कार्यबाट स्थानीय जनता तथा तथा शान्ति सैनिकबीच विश्वासको वातावरण निर्माणमा योगदान पुगेकोसमेत उल्लेख गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।