काठमाडौं– ठगी गरेको आरोपमा प्रहरीले दलित जनजाति उत्थान केन्द्र बाराका एक कर्मचारीलाई पक्राउ गरेको छ।
अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा रौतहटको बौधीमाई नगरपालिका–१ बस्ने दलित जनजाति उत्थान केन्द्र कलैया बाराका कार्यक्रम संयोजक २४ वर्षीय विकेश जयसवाललाई प्रहरीले पक्राउ गरेको हो।
ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँसहित उनलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जानकारी दिएको छ।
कोभिड–१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत् पठाएको रकम निकाल्न आएका मानिसहरुसँग विकेशले नगद ३३ सयका दरले अवैध रुपमा उठाई ठगी गरेको प्रहरीले जनाएको छ।
अवैध रुपमा रकम उठाई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ लिने मनसायले ठगी गरेको उक्त रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीउपर राैतहट जिल्ला रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।