काठमाडौं– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ फरार भएका एक व्यक्ति आठ वर्षपछि पक्राउ परेका छन्।
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।