• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता गठबन्धनमा निर्वाचन बहस : तीनै तहका चुनाव एकैपटक गर्ने मत बलियो!

64x64
वीरेन्द्र ओली शुक्रबार, कात्तिक ५, २०७८  १४:१७
1140x725

काठमाडौं– संविधान जारी भएपछि पहिलो चरणको स्थानीय तह निर्वाचन भएको आउँदो वैशाखमा ५ वर्ष पूरा हुँदैछ। यद्यपि, अन्तिम चरणको स्थानीय तह निर्वाचन भएको ५ वर्ष पुग्न अझै करिब एक वर्ष बाँकी छ। प्रदेश सभा र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल सकिन पनि एक वर्ष नै बाँकी छ। स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनबारे छलफल सुरु भएको छ। 

संघ, प्रदेश र स्थानीय निर्वाचन एकैपटक गर्ने वा स्थानीय निर्वाचनपछि संघ र प्रदेशको अर्को चरणमा गर्ने विषयमा सत्ता गठबन्धनको बैठकमा नेताहरुले कुरा उठाउन थालेका छन्।

सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तीनवटै निर्वाचन एकैपटक गर्ने पक्षमा उभिएका छन्। तीनवटै निर्वाचन एकैपटक गर्दा राज्यको स्रोत, साधनको बचत हुनुका साथै उम्मेदवारको खर्च समेत कम हुने उनीहरुको तर्क छ। 

तर, सरकारको नेतृत्वकर्ता कांग्रेस भने यस विषयमा प्रष्ट खुलिसकेको छैन। कांग्रेसमा १४औं महाधिवेशन र माओवादी केन्द्रमा राष्ट्रिय सम्मेलनको चटारो भएकाले गठबन्धनमा समेत यसबारे साझा धारणा बनिसकेको छैन।

एमालेमा पनि १०औं महाधिवेशन सुरु भइसकेकाले प्रमुख दलहरुबीच निर्वाचन मोडालिटीका विषयमा फरक-फरक धारणा छ। निर्वाचन आयोगले समेत चुनाव कसरी गर्ने भन्ने विषयमा दलहरुसँग परामर्श गरेको छैन। 

सकिँदै अवधि, नजिकिँदै तिथि
यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा र संघ र प्रदेशको निर्वाचन दुई चरणमा गरिएको थियो। पहिलो चरणको स्थानीय तह निर्वाचन २०७४ वैशाख ३१ गते भएको थियो। त्यो मितिमा बागमती, गण्डकी र कर्णाली प्रदेशका स्थानीय तहमा निर्वाचन भएको थियो। दोस्रो चरणमा असार २८ गते प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा निर्वाचन भएको थियो भने तेस्रो चरणमा असोज २ गते प्रदेश २ मा जिल्लाका स्थानीय तहको निर्वाचन भएको थियो।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७४ मंसिर १० र २१ गरेर दुई चरणमा गरिएको थियो। स्थानीय तहको पहिलो चरणको निर्वाचन गरेको २०७९ वैशाख (आउँदो वैशाख) मा ५ वर्ष पुग्दै छ। तर, अन्तिम चरणको स्थानीय तहको निर्वाचन भएको मिति २ असोज २०७४ लाई मान्दा स्थानीय तहको निर्वाचन गर्न ११ महिना बाँकी छ। तर, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न अझै १३ महिना बाँकी छ।

यस्तो हुँदा संवैधानिक रुपमा सबैभन्दा पहिला स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ। समयमै निर्वाचन हुन नसकेमा ६ महिना थप गरेर स्थानीय निर्वाचन सार्न सकिने संवैधानिक व्यवस्था छ। यस्तो अवस्थामा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले ६ महिना थप गरेर भएपनि तीनवटै निर्वाचन एकैपटक गर्नुपर्ने धारणा राखेका छन्। 

Ncell 2
Ncell 2

सत्ता गठबन्धनमा दुई मोडालिटीबारे छलफल 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिएका पाँच दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा) अहिले पनि एक ठाउँमा छन्। यीमध्ये चार दल सरकारमा सहभागी छन् भने राजमोले सरकारलाई समर्थन मात्र गरेको छ। यी पाँच दल आउँदो निर्वाचनसम्म मोर्चाबन्दी गर्ने योजनामा छन्। यस्तो अवस्थामा तीनवटै निर्वाचन एकैपटक गर्नुपर्ने पक्षमा कांग्रेस बाहेकका दलहरु एक ठाउँमा उभिएका छन्। 

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल बताउँछन्। यस्तो भएमा स्थानीय तहको निर्वाचन ६ महिना पछि गर्ने वा संघ र प्रदेशको निर्वाचन ६ महिना अघि सारेर एकैपटक गर्नुपर्ने भुसालको तर्क छ।

‘संघ, प्रदेश र स्थानीय तीनवटै निर्वाचन एकैपटक गर्दा राज्यको खर्च बचत हुन्छ। उम्मेदवारको खर्च पनि घट्छ भन्ने हो’, भुसालले भने, ‘निर्वाचन आयोगले प्राविधिक हिसाबमा गर्न सकेमा तीनवटै निर्वाचन एकैपटक गर्नेगरि छलफल भइरहेको छ।’

माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले पनि एकैपटक तीन तहको निर्वाचन गरेमा राज्यको झण्डै २ अर्ब ढुकुटी बचत हुने बताए। एकैपटक निर्वाचन हुँदा राज्यको साधन, स्रोत बचत हुनुका साथै नेता-कार्यकर्ताको समेत उचित व्यवस्थापन हुने उनको तर्क छ।

‘एकैपटक निर्वाचन गर्दा राज्यको झण्डै २ अर्ब बचत हुन्छ। एकैपटक भनेको प्रथम चरण र दोस्रो चरण गरेर गर्न सकिन्छ। त्यसो हुँदा ग्याप हप्ता दिन राख्न सकिन्छ’, पोखरेलले भने, ‘यस्तो हुँदा स्थानीय तह हारेका उम्मेदवारहरु प्रदेश हुँदै प्रतिनिधि सभामा उम्मेद्‌वार बन्ने र त्यहाँ पनि पराजित भए राष्ट्रिय सभाको टिकट माग्ने बाटो समेत बन्द हुन्छ। यसले नेता-कार्यकर्ता व्यवस्थापन गर्न सजिलो हुन्छ।’ 

यस्तो भएमा संघ र प्रदेशको निर्वाचन पहिले र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने स्थिति बन्दै जाने पोखरेलको भनाइ छ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने आगामी निर्वाचनका विषयमा कांग्रेसले धारणा बनाइनसकेको प्रतिक्रिया दिए।

‘आगामी निर्वाचनका विषयमा कांग्रेसले धारणा बनाइसकेको छैन। त्यसका लागि बैठक बस्ला। त्यहाँ छलफल होला। त्यसपछि धारणा बाहिर आउँछ’ विश्वकर्माले भने, ‘अहिले कांग्रेसको ध्यान महाधिवेशनमा छ। महाधिवेशन सकिएपछि निर्वाचनका विषयमा पार्टीले धारणा बनाउँछ।’ 

एकैपटक तीनवटै तहको निर्वाचन गर्न प्राविधिक हिसाबले कठिन हुन सक्ने उनको उनको आशंका छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्... आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर... आइतबार, मंसिर २१, २०८२
रास्वपाले तोक्यो प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार शुल्क आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस पत्र साथमा पेश गर्न भनिएको छ... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने आइतबार, मंसिर २१, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्