काठमाडौं– प्रहरी अस्पतालकी कार्यकारी निर्देशक डा. आशा सिंहमाथि अनियमितताको आरोप लागेको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा. आशा सिंहमाथि अनुसन्धान अघि बढाएको हो ।
एआइजी सिंहमाथि कोभिड १९को उपचारका लागि आवश्यक सामग्री खरिदमा अनियमितता गरेको आरोपमा अनुसन्धान गर्न नेपाल प्रहरीले पाँच सदस्यीय अनुसन्धान समिति बनाएको छ।
एआइजी विश्वराज पोखरेलको अध्यक्षतामा बनाइएको समितिले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धान टोलीमा डीआईजी वसन्त लामा, एसएसपीद्वय भीम ढकाल, पूजा सिंह तथा डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।