रामपुर- रामपुर नगरपालिका-८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन्। भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन्।
भुजातमा अन्दाजी ४०/४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उनीहरुको हालसम्म पहिचान खुल्न सकेको छैन। नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन्। शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।