काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ।
बिहीबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको सेनाले जानकारी दिएको छ।
उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।