• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल भिडियो नेपालकै हुन्?

सञ्जोग शिवाकोटी, साउथ एशिया चेक बिहीबार, कात्तिक ४, २०७८  १३:०८
1140x725
टिकटकबाट लिइएको स्क्रिनसट

विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरु सक्रिय रहेको भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरुको वृद्धिसँगै भ्रामक सूचना फैलिने क्रम पनि बढेको छ। नेपालमा हालै भएको वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी र पहिरोसम्बन्धी विभिन्न भिडियो र सुचनामुलक सामग्री टिकटकमा व्यापक रुपमा शेयर गरिएको छ। त्यस्ता अधिकांश सामग्री सही भए पनि कतिपय भिडियो नेपालका नभई विदेशमा आएका बाढीका भएको फेला परेको छ। यस्तै भाइरल भएका ३ भिडियोहरुको साउथ एसिया चेकले तथ्य-जाँच गरेको छ।

पहिलो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

खोलाको किनारमा रहेको सेतो रङ्गको पक्की घर भत्किएर खोलातिर ढलेको भिडियो @sunilraut854 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो। उक्त भिडियोमा “भाग भाग सब भाग है” भन्दै गरेको अडियो सुन्न सकिन्छ। उक्त भिडियोमा २४ हजार भन्दा धेरै प्रतिक्रियाहरु आएका छन् भने ५०१ पटक शेयर भएको छ। सुन्दा सोही भिडियोको अडियो जस्तो लागे पनि उक्त भिडियोमा अर्कै सन्दर्भको अडियो क्लिप समावेश गरिएको हो।

उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’  गर्दा हामीले सोही भिडियो द टाइम्स अफ इन्डियाको वेबसाइटमा फेला पार्यौ। ४६ सेकेन्ड लामो भिडियो गत कार्तिक १ गते द टाइम्स अफ इन्डियाको वेबसाइटमा प्रकाशित भएको थियो। उक्त मिडियाले दक्षिण भारतको केरला राज्यको कोत्याम जिल्लामा भएको वर्षाका कारण खोलाले घर बगाएको दृश्य भएको उल्लेख गरेको छ।

सोही भिडियोको छोटो क्लिपलाई अर्को अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको पत्ता लगेको हो।

दोस्रो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

हेर्दा सुन्दर देखिने कालो पत्रे सडक जोड्ने पुल बाढीले बगाउँदै गरेको एक भिडियो @tagebista नामक टिकटक एकाउन्टबाट गत कार्तिक २ गते शेयर गरिएको थियो। उक्त भिडियोमा ‘ए माया’ नामक नेपाली गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ। उक्त भिडियोमा उनले ‘SETI River’ र ‘2078/07/02’ भनी उल्लेख गरेका छन्। यो सँगसँगै ‘सेती नदीमा बाढीको खतरा बढ्दै गएपछि गाडिहरु चल्न दिएको छैन, त्यसैले सबै जना सतर्क रहनुहोला’ भनी उल्लेख गरिएको छ। सो भिडियोमा करिब ७३ हजार प्रतिक्रियाहरु आएका छन् भने १०४२ पटक शेयर भएको छ।

उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’  गर्दा हामीले सोही भिडियो बेलायतको ‘द इन्डिपेन्डेन्ट’ नामक अखबार वेबसाइटमा फेला पारेका छौं। १ मिनेट १४ सेकेन्ड लामो भिडियो द इन्डिपेन्डेन्टमा गत साउन २४ गते प्रकाशित भएको थियो। उक्त भिडियोको दृश्य समुद्री आँधीका कारण आएको बाढीले दक्षिणी ताइवानको एक पुल भत्काएको घटनाको रहेको पाइएको छ।

Ncell 2
Ncell 2

यही भिडियोको छोटो क्लिपलाई अर्कौ अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको फेला परेको छ।

तेस्रो भिडियो:

टिकटकबाट लिइएको स्क्रिनसट

केही मानिसहरु एक नदीको बाँधबाट ठूलो मात्रामा पानी निस्किरहेको दृश्य हेरिरहेको एक भिडियो @rajusingh43540 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो। उक्त भिडियोमा एक हिन्दी गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ। उक्त भिडियोमा उनले ‘Koshi bridge 56 uta dhoka open today’ भनी उल्लेख गरेका छन्।

सो भिडियोमा करिब ३५ हजार प्रतिक्रियाहरु आएका छन् भने ३६४ पटक शेयर भएको छ। उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’  गर्दा हामीले सोही भिडियो एक यूट्यूब च्यानलमा फेला पारेका छौं। ‘Jayesh Dave JD’ नामक यूट्यूब च्यानलमा २०७६ साल साउन २८ गते “Mahi Dam Banswara 2019 l Mahi Bajaj Sagar Bandh Banswara” शीर्षक राखी अप्लोड गरिएको छ। यो भारतको राजस्थान राज्यस्थित माही नदीको बाँधको भिडियो भएको पत्ता लागेको छ।

यही भिडियोको छोटो क्लिपलाई अर्कै अडियोसँग मिसाई टिकटकमा अप्लोड गरिएको हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन
सम्बन्धित सामग्री
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि... शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन्... शुक्रबार, माघ २, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल शुक्रबार, माघ २, २०८२
राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन शुक्रबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेस सिंगो केन्द्रीय समितिसहित निर्वाचन आयोग जाँदै शुक्रबार, माघ २, २०८२
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्