काठमाडौं– नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायक रथी बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन।
कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। उपरथीमा बढुवा भएका श्रेष्ठलाई नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टर पोखराको कमाण्ड सेनापतिको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।