काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन्।
टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर वलायरसमेत सहभागी छन् ।
देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नेछन्।
क्षतिको विवरण बुझेर प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ।
देउवा प्रधानमन्त्री भएको ३ महिनापछि पहिलो पटक सुदूरपश्चिम पुग्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।