काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षातपछि आएको बाढी पहिरो र भएको डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाँणले बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्मा फसेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन्।
‘लगातारको वर्षात्पछि आएको बाढी पहिरो र भएको डुबानमा परेका नेपाली नागरिकहरूको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ। अब नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक/पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन्। उनीहररूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाँणले निर्देशनका क्रममा भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।