काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोल्कबीच भेटवार्ता भएको छ।
जङ्गी अड्डामा आज शिष्टाचार भेटवार्ता भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।
भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।