फाइल तस्बिर
काठमाडौं- सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने भएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए।
घाइते भएकाको उपचार पनि निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ। मन्त्री श्रेष्ठका अनुसार परिवारको एक जनाको मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार दुई लाख रुपैयाँ र एक जनाभन्दा धेरै मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।
यसैगरी बाढीपहिरोबाट घर भत्केकाहरूको घर पुनर्निर्माणका लागि पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
‘धानलगायतका अन्य क्षतिको मूल्यांकन गरेर त्यसैअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ,’उनले भने,‘त्यसका लागि सरकारले सबै संयन्त्र परिचालन गर्नेछ।’
बैठकले राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।