काठमाडौं– माछा मार्न कर्णाली नदीमा गएर सम्पर्कविहीन भएका कैलालीका तीन जनाको सकुशल उद्दार गरिएको छ।
सोमबार माछा मार्न भनेर कर्णाली नदीमा गएका कैलालीको लम्कीचुहा नगरपालिका ३ का ६१ वर्षीय खडकबहादुर घर्ती मगर, ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक डाला मगरको उद्दार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु तीनैजनाको आज जानकी गाउँपालिका–९ र बर्दियाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा सकुशल उद्दार गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।