काठमाडौं- बलिउड अभिनेता रितेश देशमुख र फरदीन खानको आउँदो फिल्म ‘विस्फोट’को छायांकन सुरु भएको छ। फरदीनले यो फिल्ममार्फत ११ वर्षपछि फेरि पर्दामा 'कमब्याक' गरिरहेका छन्।
कूकी गुलाटीले निर्देशन गरेको फिल्ममा रितेश र फरदीनसँगै प्रिया बापट प्रमुख भूमिकामा देखिएका छन्।
फिल्मको छायांकन सुरु भएको जानकारी दिँदै आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका रितेशले लेखेका छन, ‘विस्फोट। यात्र सुरु भयो। सञ्जय गुप्ता, भूषण कुमार, कूकी गुलाटी, प्रिया बापट र मेरे सबैभन्दा प्यारो साथी फरदीन खानसँग काम गर्न उत्साहित छु।’
फिल्मलाई सञ्जय गुप्ता र भूषण कुमारले संयुक्त रुपमा निर्माण गरेका छन्। सन् २०१२ मा प्रदर्शनमा आएको र ८५औं अस्कर अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको फिल्म ‘रक, पेपर, सिजर्स’को आधिकारिक हिन्दी रिमेकको रुपमा विस्फोट निर्माण भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।