काठमाडौं- सुदूरपश्चिमको कैलाली र कञ्चनपुर बाहेक सातवटै पहाडी जिल्लाको यातायात, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध बनेको छ।
आइतबारदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारणले ती जिल्लामा अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको हो।
सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोडने सडक अवरुद्ध बनेका छन्। त्यहाँ टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ।
यातायातसमेत अवरुद्ध हुँदा टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक काम हुन सकेको छैन।
यातायात, टेलिफोन र इन्टरनेटसमेत अवरुद्ध भएपछि बाढी र पहिरो पीडितहरुको उद्धार र राहतका लागि पनि कठिनाइ भइरहेको छ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै भएको डुबानको जोखिममा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरीको टोली। तस्बिर सौजन्यः प्रदेश प्रहरी कार्यालय/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।