डोटी- चार दिनदेखिको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका-१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो। उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो। यस्तै सायल-५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीपहिरोका कारण जिल्लामा मङ्गलबार नौ जनाको मृत्यु भएको थियो। जिल्लामा अहिले पनि वर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।