फाइल तस्बिर
काठमाडौं– अविरल वर्षाका कारण बेसिशहर–चामे सडक अवरुद्ध भएको छ। निरन्तर परेको पानीसँगै विभिन्न ठाउँमा पहिरो जाँदा बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको हो।
सो सडक गत असारमा आएको बाढीले लामो समय अवरुद्ध भएको थियो। केही दिन अघिमात्र सञ्चालनमा आएको थियो।
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र सडकखण्डको नासो गाउँपालिकाको खोत्रो, बगरछाप, निगालघारी र चामेको कोतोमा सडक पहिरोले अवरुद्ध भएको छ।
पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत गर्न नसक्दा बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएसँगै विभिन्न गन्तव्यमा पुगेका पर्यटक मनाङमै रोकिएका छन्।
६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।