काठमाडौं- कर्णाली नदीमा पानीको सतह बढेको छ। अहिले पानीको सतह १२:६० मिटर पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
जिप्रकाका अनुसार १० मिटरभन्दामाथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो।
पानीको सतह खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको जिप्रकाले जनाएको छ। यस्तै, कर्णालीको बाँध फुटेर रानिजमरा नहरमा पानी पसेको छ ।
रानिजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणधिन बाँधमा पानी पसेसँगै जानकी गाउँपालिका जोखिममा परेको छ। जिप्रका कैलालीले जानकी गाउँपालिका ‘हाइ अलर्ट’मा राखेको छ।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिँचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको जिप्रका कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।