काठमाडौं- कैलालीमा रानिजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणधिन बाँध भत्किएको छ।
कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानिजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणधिन अवस्थामा रहेको बाँध भत्काएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले बाँध भत्काएपछि नदी आसपास रहेका बस्ती जोखिममा परेको भन्दै सो क्षेत्रका मानिसलाई सतर्क रहन ‘माइकिङ’ थालेको छ।
जिप्रका कैलालीका सूचना अधिकारी शिवराज जोशीलेका अनुसार बाढीले पुलको पूर्वतिरको सल्याप भत्काएपछि नदी बस्तीमा पसेको छ।
नदीको पानी नजिकै रहेको बस्तीमा पसेर अन्दाजी ५० घर डुबाएको उनले जानकारी दिए। साथै पुल भत्किँदा आवतजावत पूर्णरुपमा बन्द भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।