काठमाडौं- पहिलोपटक अन्तरिक्षमा फिल्मको छायांकन गर्न गएको रसियल टोली पृथ्वीमा फर्किएको छ।
किम सिपेन्कोले निर्देशन गरेको फिल्म ‘च्यालेन्ज’को छायांकनका लागि अन्तरिक्ष गएको टोली आइतबार पृथ्वीमा फर्किएको हो।
यो टोली यहि महिनाको सुरुआतमा फिल्मका निर्देशक सिपेन्कोसँगै नायिका युलिया पेरेसिल्ड काजकस्तानबाट अन्तरिक्षको यात्रामा गएका थिए।
१२ दिन अन्तरिक्षमा बिताएको टोलीले ४० मिनेटको दृश्य खिचेको बताइएको छ। रसियन अन्तरिक्ष एजेन्सीका अनुसार उनीहरु आइतबार बिहान पृथ्वीमा फर्किएका हुन्। फिल्मको टोलीका दुई जनासँगै अन्तरिक्ष यात्री ओले नावित्सकी पनि पृथ्वीमा फर्किएका छन्। उनी पछिल्लो ६ महिनादेखि अन्तरिक्षमै थिए।
हालसम्म अन्तरिक्षमा छायांकन गरिएको फिल्मको कथा सार्वजनिक नगरिए पनि फिल्म कुनै किसिमको सर्जन (चिकित्सक)को कथासँग जोडिएको अनुमान गरिएको छ। अन्तरिक्षमा गरिएको छायांकनमा पनि फिल्मकी नायिका चिकित्सककै भूमिकामा देखिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।