तस्बिर: नेपाली सेना
काठमाडौं- दशैंको आसपाससमेत गरेर असोज महिनामा मात्र चार जिल्लाका पाँच ठाउँमा सार्वजनिक स्थानमा वम भेटिएको छ।
नेपाली सेनाले मंगलबार यससम्बन्धी आँकडा सार्वजनिक गरेको हो। जंगी अड्डाका अनुसार सेनाको वम डिस्पोजल टोलीले ती सबै वम निष्क्रिय तुल्याएको छ।
नेपाली सेनाको आधिकारिक ट्वीटर ह्याण्डलमा सार्वजनिक विवरणअनुसार सेनाको मध्यकमाण्डअन्तर्गत् रुपन्देहीमा एउटा वम भेटिएको छ। त्यस्तै, पश्चिम कमाण्डअन्तर्गत् जुम्ला, अछाम र कञ्चनपुरमा चारवटा वम फेला परेका छन्। यी सबै इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस (आईडी) निष्क्रिय तुल्याइएको सेनाले जनाएको छ।
ती ठाउँमा वम कसले राखेको थियो भन्ने विवरण भने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।