काठमाडौं– नेपाल भ्रमणमा आएको भारतीय सेनाका अधिकारी सम्मिलित नेसनल डिफेन्स कोर्सको टोलीले मंगलबार नेपाली सेनाको मुख्यालय, जंगी अड्डाको अवलोकन भ्रमण गरेको छ।
त्यस क्रममा प्रधानसेनापति प्रभुराम शर्मासँग भ्रमणदलका प्रमुख धिरेन विगले शिष्टाचार भेट गरे।
जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले यस्ता भ्रमणबाट दुई देशका सेनाबीच रहिआएको सम्बन्ध सुदृढीकरण गर्न र द्विपक्षीय सुरक्षा चासोका विषयमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
टोलीले मंगलबार नै रक्षामन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आइतबार नेपाल आएको टोलीमा भारतीय सैनिकका अतिरिक्त अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत सहभागी छन्। टोली शनिबार फर्कनेछ।





तस्बिरहरु: नेपाली सेना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।