काठमाडौं– सुदूरपश्चिममा अविरल वर्षाका कारण तीन जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार डोटीमा २ र डडेल्धुरामा एक गरी तीन जनाको मृत्यु भएको हो।
डडेल्धुरामा २ जना घाइते भएका छन् भने कैलालीमा एक जना बेत्तपा भएका छन् । पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन्। प्रहरीका अनुसार प्रदेशभरमा २ वटा भैसी, १ गाई, २२ वटा बाख्रा, ३ गोरु र २२ वटा कुखुराको मृत्यु भएको छ।
कैलाली, डोटी, डडेल्धुरा, बझाङ र अछामका विभिन्न सडक अवरुद्ध हुन पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग पहिरोका कारणले अवरुद्ध हुन पुगेको छ।
त्यस्तै अन्य जिल्लाका विभिन्न स्थानमा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ। ती अवरुद्ध सडक सुचारुका लागि आवश्यक प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
कर्णाली नदी र महाकाली नदीमा पानीको बहाव खतरा भन्दा माथी पुगेको छ। कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङलगायत जिल्लामा बाढी र पहिरोले सयौं घर डुबानमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।