फाइल तस्बिर
काठमाडौं– अविरल वर्षासँगै बबई र कर्णाली नदीले सतर्कताको तह पार गरेको छ। नदीमा बहाव बढेसँगै आसपासका बस्तीसमेत बाढीको उच्च जोखिममा परेका छन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीको जलमापन केन्द्र चिसापानीमा जलस्तर खतरा तह ११ मिटर नजिक पुगेको छ।
जलस्तर बढ्दै जाने पूर्वानुमान रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ।
यसैगरी, बबई नदीको चेपाङ्गमा जलस्तर सतर्कता तह ५ दशमलब ५० मिटर नजिक रहेको छ। पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका सर्वसाधरणलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
यस्तै, गेरुवा गाउँपालिकाको पाताभार क्षेत्रमा कर्णाली नदी बस्तीतर्फ सोझिएकाले उक्त क्षेत्रमा थप सतर्क रहनसमेत स्थानीयलाई आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।