काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महर्जनको कोभिड–१९ का कारण सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ।
आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन केही दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए।
महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागि मात्र नभई देशैका लागि अपूरणीय क्षति भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।