१) हालसम्म पनि पूर्ण सञ्चालन हुन सकेनन् वर्षाका कारण अवरुद्ध १३१ सडक, अवरुद्ध २२६ सडकमध्ये ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट मात्रै सञ्चालनमा। (१३१ सडक एकतर्फि)
२) असोज मसान्तसम्म लक्षित जनसंख्याभन्दा बढीलाई लगाइयो कोरोना भाइरसविरुद्धको खोप, ३३.५ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइएको सरकारी तथ्यांक, ४२.२ प्रतिशतले लगाए पहिलो मात्रा। (सरकारले भेट्टायो लक्ष्य)
३) सेयरबजारमा उच्च अंकको गिरावट, ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा ओर्लियो, दुई अर्ब ९६ करोड ६८ लाख बराबरको कारोबार। (घट्यो नेप्स)
४) म्यानमारको सैन्य सरकारले जेलमा रहेका ५ हजारभन्दा बढी प्रदर्शनकारीलाई रिहा गर्ने, देशमा जारी संकटलाई कम गर्ने प्रतिबद्धता रहेको सैन्य सरकार प्रमुखको दाबी। (प्रदर्शनकारीलाई रिहाको तयारी)
५) र, नेपाल आइपुग्यो फुटबल टोली, खेलकुदमन्त्रीले गरे स्वागत, फाइनलको दोस्रो हाफमा तालमेल नमिल्दा साफ च्याम्पियन बन्ने लक्ष्य पूरा हुन नसकेको कप्तान चेम्जोङको प्रतिक्रिया। (नेपाल आइपुग्यो फुटबल टोली)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।