काठमाडौं- पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका-१५ का रामलखन साहको ना १९ प ६३५५ नम्बरको हिरोहोण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष हवारी रहेका छन्। अनुन्धानको क्रममा प्रहरी टोलीले उनीहरुलाई वीरगञ्ज बसपार्कबाट पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरुले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना १७ प ८३१८ नम्बरको नम्बर प्लेट हालेर चलाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।