• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन भयो जनजीवन र खेतीपाती अस्तव्यस्त पार्ने बेमौसमी वर्षा? विज्ञ भन्छन्- जलवायु परिवर्तनको असर

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १, २०७८  १७:२७
1140x725

काठमाडौं- आइतबार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ।

मनसुन बाहिरिँदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्यून चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो।

नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुका साथै हावाहुरी पनि आएको छ। वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ। एक-दुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन्।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ। यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ। 

मनसुन सकिने बेला बाढीपहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन्। मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन्।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति गर्ने बताए। उनले भने, 'यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ। अनि मुभमेण्ट बढाउँछ। त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ। त्यो नयाँ सिस्टमको प्रभाव मान्छेको आकलनभन्दा बाहिर गएर आउने भएकाले हानी-नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ।'

यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो। सेप्टेक्बर २३ मा मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षदेखि सिफ्ट भइरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ। तर, एक साता बढी ढिलागरी नेपालबाट मनसुन बाहिरिएको थियो। मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्यून चापीय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको उप्रेतीले बताए। मनसुन सकिएपछिको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ ।

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१, वन्साहमा लगातारको वर्षाले बगाएको धानबाली। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा 'रेड अलर्ट' जारी गरिसकेको छ। त्यहाँ २०० मिलिमिटरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ। यो भारतको आँकडासँग मिल्दोजुल्दो छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने उप्रेतीले बताए। नेपाल सरकारसँग मौसमजन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता बेमौसमी वर्षा लगायतका विपद्को क्षति न्यूनीकरण गर्न नसकिएको उनले बताए। उनले सुचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

'मौसमजन्य विपद्को पूर्वसूचना प्रणालीलाई देशले नै कति महत्त्व दियो र योजनामा राख्दा कति बजेट छुट्यायो, राष्ट्रले भन्ने कुरा जहिले पनि बहस र गुनासोकै विषय बनेको छ। जल तथा मौसम विज्ञान विभागको संरचनागत अवस्था पनि सबै प्रदेशमा पुगेको अवस्था छैन। साथै विभागले अहिले तापक्रम र पानीको तीन दिन पूर्वको सूचना दिने गरेको छ। त्यो सुचना पनि समुदायसम्म पुर्‍याउने पद्धतिलाई विस्तार गर्न सकिएको छैन,' जलवायुविज्ञ डा. उप्रेतीले भने, 'त्यसैले यो सूचनालाई समुदायसम्म लैजाने व्यवस्था गरिनुपर्छ, जुन अहिले भएको छैन।'

हिमाली क्षेत्रमा कति हिउँ पर्दैछ भन्ने भन्न सक्ने अवस्था नभएको उनले बताए। 'कहाँ कति हिउँ पर्‍यो भन्ने पनि हामीसँग रेकर्ड छैन। कुन ठाउँमा कति हिउँ पग्लियो भन्ने पनि हामी भन्न सक्दैनौं। सबै नदी प्रणालीको पानीको बहाव नाप्ने संयन्त्रको विकास र विस्तार हुन सकेको छैन। केही नदी प्रणालीमा त पानीको तह नाप्ने स्टेसनहरु छन् तर कतिपय ठाउँमा खहरे खोलाहरु छन्। खहरे खोलाहरुमा आकस्मिक बाढी आउँछ। आकस्मिक बाढीको पूर्वसूचना त हामीसँग छदै छैन। त्यसको विस्तार र हिमाली नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार तथा त्यसको सूचना प्रणालीको विस्तार सबै क्षेत्रमा गर्नुपर्ने देखिन्छ,' उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जलवायुजन्य विपद्का घटना र पूर्वतयारी तथा क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने सतर्कतालगायत विषयमा अन्तरदेशीय सूचना सञ्चार बढी प्रभावकारी हुने गरेको उनले उल्लेख गरे। तर, अन्तरदेशीय सूचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद्पूर्वको सूचना प्राप्ती चुनौतीपूर्ण बनेको उनले बताए। डा. उप्रेती अन्तरदेशीय सूचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन्।

गए रातिदेखिको निरन्तर वर्षाले डुबाएको बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित खेतमा काटेर सुकाएको धान। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

'भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चाइनाले एउटा चिठी दिन्छ। यहाँ धेरै पानी परेको छ, तपाईंहरु सतर्क रहनुहोस् भन्छ। भारतमा एकदमै कम्प्रिहेन्सिप सिस्टम छ। अहिलेको वर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अलर्ट नै जारी गर्‍यो। तर, त्यो सूचना नेपालले पाएको अवस्था छैन,' जलवायुविज्ञ डा. उप्रेतीले भने, 'त्यो सूचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार तथा परिचालन गर्नसक्थ्यो। त्यो चुनौती हामीकहाँ छ। त्यसैले नेपालले भारत र चीनसँग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो। यो राजनीतिक तहबाटै गरिनुपर्छ।'

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित चेथरीमा आइतबारदेखि निरन्तर परेको पानी र हावाले ढालेको धानबाली। तस्बिरः युवराज पाण्डे/रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण डुबानमा परेको खेतमा सुकाइएको धान। तस्बिरः शेरबहादुर सिंह/रासस
म्याग्दीको बेनी नगरपालिका-२, रत्नेचौरस्थित फाँटमा आइतबार रातिदेखि निरन्तर परेको पानीसँगै आएको हावाहुरीले ढालेको धानबाली। तस्बिर: ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यस प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेक... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्