• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन भयो जनजीवन र खेतीपाती अस्तव्यस्त पार्ने बेमौसमी वर्षा? विज्ञ भन्छन्- जलवायु परिवर्तनको असर

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १, २०७८  १७:२७
1140x725

काठमाडौं- आइतबार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ।

मनसुन बाहिरिँदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्यून चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो।

नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुका साथै हावाहुरी पनि आएको छ। वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ। एक-दुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन्।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ। यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ। 

मनसुन सकिने बेला बाढीपहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन्। मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन्।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति गर्ने बताए। उनले भने, 'यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ। अनि मुभमेण्ट बढाउँछ। त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ। त्यो नयाँ सिस्टमको प्रभाव मान्छेको आकलनभन्दा बाहिर गएर आउने भएकाले हानी-नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ।'

यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो। सेप्टेक्बर २३ मा मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षदेखि सिफ्ट भइरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ। तर, एक साता बढी ढिलागरी नेपालबाट मनसुन बाहिरिएको थियो। मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्यून चापीय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको उप्रेतीले बताए। मनसुन सकिएपछिको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ ।

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१, वन्साहमा लगातारको वर्षाले बगाएको धानबाली। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा 'रेड अलर्ट' जारी गरिसकेको छ। त्यहाँ २०० मिलिमिटरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ। यो भारतको आँकडासँग मिल्दोजुल्दो छ।

Ncell 2
Ncell 2

यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने उप्रेतीले बताए। नेपाल सरकारसँग मौसमजन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता बेमौसमी वर्षा लगायतका विपद्को क्षति न्यूनीकरण गर्न नसकिएको उनले बताए। उनले सुचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

'मौसमजन्य विपद्को पूर्वसूचना प्रणालीलाई देशले नै कति महत्त्व दियो र योजनामा राख्दा कति बजेट छुट्यायो, राष्ट्रले भन्ने कुरा जहिले पनि बहस र गुनासोकै विषय बनेको छ। जल तथा मौसम विज्ञान विभागको संरचनागत अवस्था पनि सबै प्रदेशमा पुगेको अवस्था छैन। साथै विभागले अहिले तापक्रम र पानीको तीन दिन पूर्वको सूचना दिने गरेको छ। त्यो सुचना पनि समुदायसम्म पुर्‍याउने पद्धतिलाई विस्तार गर्न सकिएको छैन,' जलवायुविज्ञ डा. उप्रेतीले भने, 'त्यसैले यो सूचनालाई समुदायसम्म लैजाने व्यवस्था गरिनुपर्छ, जुन अहिले भएको छैन।'

हिमाली क्षेत्रमा कति हिउँ पर्दैछ भन्ने भन्न सक्ने अवस्था नभएको उनले बताए। 'कहाँ कति हिउँ पर्‍यो भन्ने पनि हामीसँग रेकर्ड छैन। कुन ठाउँमा कति हिउँ पग्लियो भन्ने पनि हामी भन्न सक्दैनौं। सबै नदी प्रणालीको पानीको बहाव नाप्ने संयन्त्रको विकास र विस्तार हुन सकेको छैन। केही नदी प्रणालीमा त पानीको तह नाप्ने स्टेसनहरु छन् तर कतिपय ठाउँमा खहरे खोलाहरु छन्। खहरे खोलाहरुमा आकस्मिक बाढी आउँछ। आकस्मिक बाढीको पूर्वसूचना त हामीसँग छदै छैन। त्यसको विस्तार र हिमाली नदी प्रणालीको पानीको वहाव नाप्ने संयन्त्रको विकास र विस्तार तथा त्यसको सूचना प्रणालीको विस्तार सबै क्षेत्रमा गर्नुपर्ने देखिन्छ,' उनले भने।

जलवायुजन्य विपद्का घटना र पूर्वतयारी तथा क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने सतर्कतालगायत विषयमा अन्तरदेशीय सूचना सञ्चार बढी प्रभावकारी हुने गरेको उनले उल्लेख गरे। तर, अन्तरदेशीय सूचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद्पूर्वको सूचना प्राप्ती चुनौतीपूर्ण बनेको उनले बताए। डा. उप्रेती अन्तरदेशीय सूचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन्।

गए रातिदेखिको निरन्तर वर्षाले डुबाएको बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित खेतमा काटेर सुकाएको धान। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

'भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चाइनाले एउटा चिठी दिन्छ। यहाँ धेरै पानी परेको छ, तपाईंहरु सतर्क रहनुहोस् भन्छ। भारतमा एकदमै कम्प्रिहेन्सिप सिस्टम छ। अहिलेको वर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अलर्ट नै जारी गर्‍यो। तर, त्यो सूचना नेपालले पाएको अवस्था छैन,' जलवायुविज्ञ डा. उप्रेतीले भने, 'त्यो सूचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार तथा परिचालन गर्नसक्थ्यो। त्यो चुनौती हामीकहाँ छ। त्यसैले नेपालले भारत र चीनसँग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो। यो राजनीतिक तहबाटै गरिनुपर्छ।'

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित चेथरीमा आइतबारदेखि निरन्तर परेको पानी र हावाले ढालेको धानबाली। तस्बिरः युवराज पाण्डे/रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण डुबानमा परेको खेतमा सुकाइएको धान। तस्बिरः शेरबहादुर सिंह/रासस
म्याग्दीको बेनी नगरपालिका-२, रत्नेचौरस्थित फाँटमा आइतबार रातिदेखि निरन्तर परेको पानीसँगै आएको हावाहुरीले ढालेको धानबाली। तस्बिर: ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला
सम्बन्धित सामग्री
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रि... बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो ‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने । बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुँदै आएको छ। मतपत्र छपाईको कारण परीक्षाको ता... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्