काठमाडौं– सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङताङ आसपास केन्द्र भएर भूकम्प गएको हो। सोमबार दिउँसो १ बजेर ४७ मिनेटमा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
सिन्धुपाल्चोक, काभ्रे, रामेछापलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।