काठमाडौं– संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका नेपाली सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा तैनाथ भवानी दल गण (शान्तिसेना) २७ औं डफ्फा र नं २४ फिल्ड गुल्म (शान्तिसेना) २४ औं डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको हो।
कंगोस्थित राष्ट्रसंघीय मिसन, मोनुस्कोका चिफ अफ स्टाफ जोन स्ट्यान्ली चैकको उपस्थितिमा मेडल परेड सम्पनन भएको थियो।
त्यसैगरी, दक्षिणी सुडानमा तैनाथ श्री गोरखबहादुर गण (शान्तिसेना) सातौं डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह पनि सम्पन्न भएको निर्देशनालयले जनाएको छ। सुडानस्थित राष्ट्रसंघीय मिसन, अनमिसका निकोलस हेसमको उपस्थितिमा मेडल परेड सम्पनन भएको सेनाले जनाएको छ।
सो अवसरमा मिसन प्रमुखहरुले नेपाली शान्ति सैनिकहरुको खुलेर प्रशंसा गरेको सेनाले जनाएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।