काठमाडौं– महेन्द्र राजमार्गको नवलपुरस्थित अरुणखोलानजिक यात्रुवाहक बस दुर्घटना भएको छ। बस सडकमा अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं आउँदै गरेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबासबीचको जंगलमा दुर्घटना भएको थियो।
घाइतेमध्ये ३७ जनाको कावासोतीस्थित जिल्ला अस्पतालमा र अन्य ५ जनाको दुम्किबासको एक क्लिनकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।