काठमाडौं– नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। हालसम्म १३ जना घाइतेको उद्दार गरी अस्पताल पठाइएको नुवाकोट प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ।भाल्चेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको नुवाकोट प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर ओलीले बताए।
बस सडकको भित्तामा गएर ठोक्किएकाले ठूलो दुर्घटनाबाट बचेको प्रवक्ता ओलीले बताए।
दशैंको समयमा बसमा भिडभाड रहेकाले कति यात्रु थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।