काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई विज्ञ र अनुभवी व्यक्तिहरुबाट नियमित राय लिन र उनीहरुसँग परामर्श गर्न निर्देशन दिएको छ।
केही दिन पहिले पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई नै बोलाएर निर्देशन दिएका थिए।
एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानि) २ मा यसबारे विस्तृत उल्लेख छ।
'सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन पार्टी अध्यक्ष कमरेडले मन्त्रीहरुलाई निर्देशन दिनुभयो,' अपानिमा उल्लेख छ।
त्यसैगरी, स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न, विवादमा पर्ने कुनै पनि काम नगर्न, निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त्त रहन, योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन, पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न मन्त्रीहरुलाई निर्देशन दिइएको एकीकृत समाजवादीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।