काठमाडौं– ‘बाहुबली’ अभिनेता प्रभास र कृति सेननको आगामी फिल्म ‘आदि पुरुष’को छायांकन सकिएको छ। आफ्नो सामाजिक सञ्जालमार्फत सेननले फिल्मको छायांकन सकिएको जानकारी दिएकी हुन्।
फिल्ममा कृति र प्रभास मुख्य भूमिकामा देखिएका छन्। फिलममा प्रभासले आदि पुरुषको भूमिका निभाएका छन् भने कृतिले जानकीको भूमिका निभाएकी छिन्। फिल्मलाई निर्देशक ओम राउतले निर्देशन गरेका छन्।
कृतिले फिल्मको छायांकन सकिएको जानकारी दिँदै लेखेकी छिन्, ‘यो यात्रा यति छिट्टै सकियो भन्ने विश्वास नै हुँदैन। मलाई जानकीको भूमिकामा अभिनय गर्ने मौका यति छिट्टै सकिएकोमा नराम्रो लागेको छ। यो भूमिकामा अभिनय गरेर गर्व पनि महसुस गरेकी छु।’
सँगै सेननले जानकीको भूमिकामा अभिनय गरिरहँदा आफूमा दृणता र पवित्रताको विकास भएको समेत उल्लेख गरेकी छन्।
हिन्दू महाकाव्यबाट प्रेरित कथामा आधारित ‘आदि पुरुष’मा प्रभास र कृतिसँगै सैफ अलि खान भिलेनको भूमिकामा छन्। उनले रावणको भूमिका निभाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।